तेस्रो मिस्टर मकवानपुर आगामी असोजको पहिलो साता हुने भएको छ ।
आगामी असोज ९ गते हेटौंडामा भव्य रुपमा कार्यक्रम हुन लागेको सोमबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिइएको थियो । मकवानपुर वडि बिल्डिङ एण्ड फिटनेस एशोसिएसनको आयोजनामा मिस्टर मकवानपुर हुन लागेको हो । असोज ९ र १० गते गरी २ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न तौल समूहमा हुने प्रतिस्पर्धाको विजेताले मोटरसाईकल प्राप्त गर्ने उक्त पत्रकार सम्मेलन मार्फत जनाइएको छ । हेटौंडास्थित क्लब हेटौंडा पार्टी प्यालेसमा हुने प्रतियोगिताको विभिन्न तौल समुहमा पहिलो हुने प्रतियोगिलाई नगद दश हजार र प्रतियोगिताको फस्ट रनरअप र सेकेन्ड रनरअपलाई बिषेश पुरस्कार रहेको पत्रकार भेटघाटमा एसोसिएसनका अध्यक्ष राजेश भेटवालले बताएका छन्। त्यसैगरी प्रतियोगितालाई थप राष्ट्रिय स्थरका कलाकारको प्रस्तुति रहने, प्रतियोगिता मनोरञ्जनत्मक बनाउन पहिलो मिस कलिउडका विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपको फेसन शो समेत रहेने भेटवालले बताएका छन्।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजन रहेने प्रतियोगितामा विजेताले मोटरसाइकल र आइ एमइ इन्सुरेन्सले प्रतियोगिहरुको ५ लाख बराबरको विमा गरेको र प्रतियोगितामा समावेश हुनाका लागि प्रतियोगिहरुले १ हजार दर्ता शुल्क तिर्न पर्ने पत्रकार भेटघाटमा जनाइएको छ। आयोजकले कम्तीमा जिल्लाभरबाट ३० भन्दा बढि वडी विल्डर्स सहभागी हुने अनुमान गरेको छ । कार्यक्रममा राष्ट्रिय पुरस्कार प्राप्त गरेका महिला फिटनेश खेलाडीहरुको फ्रेन्डम्याच प्रस्तुत समेत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा ९,१० लाख सम्म खर्च हुने अनुमान रहेको भेटुवालले बताए ।
तेस्रो मिस्टर मकवानपुर
तेस्रो मिस्टर मकवानपुर असोज ९ र १० गते हेटौंडामा
सेयर गर्नुहोस्