असोज २ गते देशभरका सरकारी अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

निःशुल्क स्वास्थ्य सेवा प्रदान
हेटौडा टुडे
३१ भाद्र २०७६, मंगलवार १६:५८

काठमाडौं, ३१ भदौ । असोज २ गते अर्थात बिहिबार देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय गरेको हो । ३ गते संविधान दिवस मनाउने सन्दर्भमा संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते ओपिडी सेवाको टिकट निःशुल्क प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*