डेंगु भएको कसरी थाहा पाउने 

हेटौंडा टुडे
३१ भाद्र २०७६, मंगलवार २१:५५

मुलुकभर अहिले डेंगुको संक्रम निकै बढेको छ । समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् ।

डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट टाढा रहनुपर्छ । देशभर डेंगुको प्रकोप बढेसँगै देशका बिभिन्न शहरमा बिरामीको चाप बढेको छ ।

डेंगु भएको कसरी थाहा पाउने

  1. एक्कासी उच्च ज्वरो आउनु,
  2. लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
  3. असाध्यै टाउको दुख्नु,
  4. आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
  5. ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
  6. शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

  • डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा
  • मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,
  • पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
  • कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक(दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
  • फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
  • एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
  • लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
  • घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*