नेकपा मकवानपुरगढी गाउँकमिटिको सपथ ग्रहण

हेटौडा टुडे
४ आश्विन २०७६, शनिबार १८:३४

असोज ४ ,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  मकवानपुरगढी गाउँकमिटीको आज सपथग्रहण कार्यक्रम भएको छ । गाउँ कमिटीका अध्यक्ष रामजी सापकोटाको अध्यक्षता तथा पार्टी केन्द्रिय कमिटी सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यमा सपथग्रहण  कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज समेत रहनुभएका सांसद बिरोध खतिवडा, अर्का केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश सभाका सदस्य तथा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, नेकपा सचिवालय सदस्य बिष्णु दाहाल, भगवती पुडासैनी, जीवन गोले,  नेकपा जिल्ला समिति सचिवालय सदस्य बद्रि लम्साल ,जिल्ला सदस्य तेजप्रसाद लम्साल,बिदुर हुमगाई लगायतकाको उपस्थिति रहेको थियो ।

पूर्वघोषित नेकपा मकवानपुर गढीगाउँ कमिटिको ७५ सदस्सीय पदाधिकारी हरुलाई केन्द्रीय सदस्य न्यौपानेले सपथ गराउनुभएको हो । नेकपा मकवानपुरगढी पालिका कमिटिको नामावली केही समय अघिनै सार्वजनिक भएपनि सपथ ग्रहण हुन नसकेपछि केही गतिरोध उत्पन्न भएको बताईएको थियो । मूलूकको सम्बृद्धिका लागि नेकपा एकीकरण भएपछि स्थानीय तहसम्म लहर छाएको कार्यक्रममा सहभागीहरुले बताएका हुन् । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष रामजी सापकोटा र सचिव राजकुमार खड्का सहित ७५ सदस्यीय पालिका कमिटिलाई सपथ गराईएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*