तस्करलाई प्रहरीले गोलि हानि पक्राउ ।

हेटौडा टुडे
७ आश्विन २०७६, मंगलवार १६:५१

असोज ७ , हेटौडा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली हानी एकजना गाँजा तस्कर पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगंज महानगरपालिका निवासी २९ बर्षका अफ्रिका चौधरी रहेको मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

ट्रकको क्याविनबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको हो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक चेक जाँच गर्ने क्रममा ट्रकका चालकले प्रहरी जवानसहित ट्रक्र भगाएका थिए । चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तिमा ट्रक रोकि प्रहरी जवानलाई लछारपछार गर्दै जंगल तर्फ लैजाने क्रममा प्रहरीले उनलाई पछ्याएको थियो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक अरुण कुमार कुशवहाको नेतृत्वको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
घटनामा दुईजना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*