८ असोज, काठमाण्डौ
यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी रुट परमिट विना गाडि चलाउन पाईने व्यवस्था गरेको छ । विभागले सार्वजनिक सवारी संचालनका लागि सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।
विभागका अनुसार असोज १२ गतेदेखि १९ गतेसम्म ८ दिन रुट परमिट खुल्ला गरेको छ । यो अवधिमा रुट परमिट विना नेपालका जुनसुकै क्षेत्रमा गाडि चलाउन पाईनेछ । नेपालीहरुको महान चाड बडादशैंका लागि काठमाण्डौ बाहिर जाने र आउने यात्रुहरुको आवागमनलाई सहज र व्यवस्थित बनाउन यो अवधिभर रुट इजाजत पत्र खुला गरिएको विभागले जनाएको छ ।
सेयर गर्नुहोस्