शिक्षक फुटसल प्रतियोगितामा भानू मा. बि. बिजयी

हेटौडा टुडे
८ आश्विन २०७६, बुधबार २२:०१

असोज ८ , मकवानपुरगढि गाउपालिका

 

गढिगाउपालिका स्तरिय शिक्षक फुटसल प्रतियोगितामा भानू मा बि बिजयी भएको छ । भानू माध्याबिक बिध्यालयको आयोजना तथा गढिगाउ पालिकाको प्रायोजनमा भएको प्रतियोगितामा गढि गाउपालिका भित्रकामात्रै बिध्यालयहरुको सहभागिता रहेको थियो ।

 

आज भएको फाईनल खेलमा प्रथम भानु मा बि सेकेन्ड सारदा मा बि र तेस्रो बशंगोपाल मा बि भएको थियो । अन्तिम खेल भानु मा. बि. भर्सेस सारदा मा. बि. बिच भएको थियो । बिहान ८ बजेबाट भएको पहिलो चरणको लिग खेल ११ वटा टिमले नै मंगलबार प्रतिस्पर्धा गरेको थियो । बुधबार भने क्वाटरफाईनल, सेमिफाइनल, फाईनल खेल भई सम्पन्न भएको हो । मकवानपुरगढि गाउपालिका भित्रका भानु मा. बि, सारदा मा. बि, बशंगोपाल मा. बि, चन्डिका मा. बि, रुपनारायण मा बि, जनक मा. बि, जनता मा. बि, लगाएतका ११ बटा बिध्यालयहरुको सहभागिता रहेको थियो।

गढिगाउपालिका स्तरिय शिक्षक फुटसल प्रतियोगितामा उकष्ठ खेलाडि बशंगोपाल मा. बि का सुयोग सापकोटा , उकष्ठ गोलकर्ता [धेरै गोल गर्ने ११ गोल] भानु मा. बि का मनमोहन देबकोटा , उकष्ठ गोल किपर भानु मा बि कै सिबराम फुयाललाई घोषण गरिएको थियो ।
कार्यक्रम भानु मा. बि. को मिनि पिचमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*