मिडिया कप फुटसलः रेडियो सरोबर, मकवानपुर, पालुङ र टिम टिभी बिजयी

हेटौडा टुडे
९ आश्विन २०७६, बिहीबार २२:२१

जिल्लास्तरीय मिडिया कप फुटसल प्रतियोगिताको पहिलो खेल रेडियो मकवानपुर, रेडियो सरोबर, रेडियो पालुंग र टिम टेलिभिजनले जितेको छ ।

बिहिबार बिहान भएको फुटसलको उद्घाटन खेल राजनीतिककर्मी र पत्रकार ंबीच भएको थियो । उक्त खेलमा पत्रकारले राजनीतिककर्मीलाई ३(१ गोल अन्तरले हरायो ।

 

त्यस्तै रेडियो मकवानपुर र पत्रकार महासंघ मकवानपुर बीच भएको खेलमा ६(१ गोल अन्तरले रेडियो मकवानपुरले पत्रकार महासंघलाई हरायो । त्यस्तै रेडियो सरोबर र रेडियो बुलेटिन बीच भएको खेलमा बुलेटिनलाई रेडियो सरोबरले ट्राईबेकरमा हरायो । खेल २(२ गोलको बराबरीमा रोकिएपछी ट्राईबेकरमा सरोबरको तर्फबाट सुरेश गुरुङ र रितम चौधरीले १(१ गोल थपे र बुलेटिनले १ गोलमात्र गरेपछि जित सरोबरको पोल्टामा परो । त्यस्तै रेडियो थाहा संचार र रेडियो पालुंग बीच भएको खेलमा रेडियो थाहासंचारलाई पालुंगले ४(२ को गोल अन्तरले हरायो ।

साथै टिम टेलिभिजन र हेटौंडा एफ एम बीच भएको खेलमा हेटौंडा एफ एमलाई टिम टेलिभिजनले ९(२ को फराकिलो अन्तरले हराएको छ ।

रेडियो सन्देश १०६ ९ मेगाहर्जको बार्षिकोत्सवको अवसरमा आयोजित खेलमा दोस्रो चरणको खेलमा बिहिबारनै अपरान्ह ४ बजे रेडियो सरोबरले आयोजक रेडियो संदेश पराजित गरेको छ । मिडिया कप फुटसलमा जिल्लाका ९ सञ्चार गृहले सहभागिता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*