लागु औषध गाँजा मुद्दाका फरार प्रतिवादी ११ महिना पछि पक्राउ

हेटौडा टुडे
१० आश्विन २०७६, शुक्रबार १९:०८

जिल्ला प्रहरि कार्यालय मकवानपुरले आज लागूऔषध गाँजा मुद्धामा ११ महिनादेखि फरार प्रतिवादी मकवानपुरका गौतम लामालाई पक्राउ गरेको छ ।
प्रतिवादी मकवानपुर जिल्ला मनहरी गा. पा. वडा नं ३ घर भई हाल वडा नं ८ बस्ने बर्ष ४५ को गौतमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले आज मनहरी बजार बाट पक्राउ पक्राउ गरेको हो ।

उनलाई लागूऔषध गाँजा मुद्धामा सम्मानित जिल्ला अदालत पर्साको मिति २०५७–०७–३० गतेको फैसलाले ११ महिना ३ दिन कैद र रु ७,५०० जरिवाना तोकीएको थियो । सम्मानित मकवानपुर जिल्ला अदालतमा उपस्थित गराए पश्चात उक्त कैद र जरिवाना भुक्तानको लागी कारागार कार्यालय भिमफेदी मकवानपुर पठाईएको  छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*