हेटौंडा,१०
रेडियो सन्देश १०६.९ मेगाहर्जको वार्षिकात्सवको अवसरमा हेटौंडामा भएको जिल्लास्तरीय मिडिया कप फुटसल प्रतियोगिताको फाईलमा रेडियो पालुङ विजयी भएको छ ।
रेडियो मकवानपुर १०१.३ मेगाहनेर्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै रेडियो पालुङ १०७.२ मेगाहनेर्ज उतरि क्षेत्रको टिमले जित हासिल गरेको हो । रेडियो पालुङका लागि सागर ढकालले २ गोल र केदार ढकालले १ गोल गरेका थिए । त्यसैगरी रेडियो मकवानपुर तर्फबाट सुवास विडारीले १ गोल गरेका थिए ।
सामुदायिक संचार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो सन्देश १०६.९ मेगाहनेर्जले आयोजना गरेको जिल्लास्तरीय मिडिया कप फुटसल प्रतियोगिता असोज ९ गते देखि सुरु भएको थियो , प्रतियोगितामा ९ टिम सहभागी थिए ।
प्रतियोगिताको विजेताले नगद १५ हजार, शिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ हजार, शिल्ड र मेडल प्राप्त गर्ने सामुदायिक संचार समुहका अध्यक्ष सुनिल खड्काले जानकारी दिए । त्यसैगरि आजै भएको महिला पत्रकारहरुको मैत्रीपूर्ण खेलमा सहभागीलाई पनि कप प्रदान गरिने छ ।
असोज १४ मंगलबार हुने समापन कार्यक्रममा नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री, गृहमन्त्री एवम् उपप्रधानमन्त्री प्रमुख अतिथिको रुपमा आउनु हुनेकुरा आयोजकले बताएको छ ।