मकवानपुरगढीमा आज सामाजिक व्यवहार सुधार ऐन २०७६ सार्वजनिक

सामाजिक व्यवहार सुधार ऐन २०७६
१६ आश्विन २०७६, बिहीबार २२:२७

असोज १६ , मकवापुरगढि गाउपालिका

मकवानपुरगढी गाउँपालिकाले बिहिवार सामाजिक व्यवहार सुधार ऐन २०७६ सार्वजनिक गरेको छ । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षतामा ऐन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वा, २ नं वडा अध्यक्ष बखान सिं पाख्रिन, नेकपा गढी गाउँपालिका अध्यक्ष रामजी सापकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका क्न्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल लगायतकाले ऐन प्रभावकारीरुपमा लागु गराउनु सबैको सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय, कर्मचारी र संचारकर्मीको सहभागिता थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा १ बमोजिम ऐन सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ । ऐनमा विभिन्न १९ वटा बुँदाहरु समावेश गरिएको छ । जसमा विवाह कार्यक्रममा सुधार, न्वारन, जन्मदिवस, पास्नी, चुडाकर्म, ब्रतबन्ध, धार्मिक अनुष्ठान, तथा देउसी भैलो, समान काममा समान ज्याला, मदिरा पदार्थको उत्पादन र विक्री वितरण, ध्रुमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण रहेका छन ।

यसैगरी कृषि कार्यमा विषदीको प्रयोग, जुवातास खेल्न खेलाउन नपाइने, बालबालिकालाई विद्यायल उठाउनु पर्ने, ज्येष्ठ नागरिक सम्वन्धि व्यवस्था, घरेलु हिंसा गर्न नहुने, भेदभाव गर्न नहुने लगायतका बुदाहरु ऐनमा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले बताए ।

स्रोत प्रष्ट खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*