आज टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा

हेटौडा टुडे
२१ आश्विन २०७६, मंगलवार ०६:१३

असोज २१ हेटौडा ,

आज टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ। त्यस्तै बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको र त्यकपछि टीकाको उत्तम साइत भने बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ । त्यस्तै देवी विसर्जन पछिको समय पछि भने दिनैभरि टिका लगायन मिल्ने नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*