
कार्तिक १ , हेटौडा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । यहि कार्तिक २ र ३ गते पहिलो चरणमा ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ र आफ्नो मातहातमा रहेका सम्पूर्ण निकायहरुमा राष्ट्रिय भिटामिन ‘ए’ आम वितरण अभियान सफलता पूर्वक सम्पन्न गर्न गराउन मन्त्रालयले आग्रह गरेको छ ।


सेयर गर्नुहोस्