मकवानपुर गढी स्वास्थ्य चौकिमा ल्याब सेवा सन्चालनमा

हेटौंडा टुडे
२० कार्तिक २०७६, बुधबार १३:४७

कार्तिक २० , हेटौँडा

मकवानपुरगढी स्वास्थ्य चौकिमा आजबाट ल्याब सेवा सन्चालनमा आएको छ । गढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा रहेको उक्त स्वास्थ्य चौकिमा  गाउँपालिकाका प्रमुख विदुर हुमागाईले स्वास्थ्य प्रयोगशालाको शुभारम्भ गरेका हुन् ।

वडा नम्बर २ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक बखानसिं पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा संयोजक विदुरप्रसाद लामिछाने, स्वास्थ्यचौकी व्यवस्थापन समिति सदस्य बीरबहादुर गोले, पूर्व इन्चार्ज प्रमोद रौनीयार लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य चौकीबाट २ नम्बर प्रदेशमा सरुवा हुनु भएका हेल्थ असिस्टेन्ट प्रमोद रौनियार, अनमी विनिताकुमारी मण्डललाई विदाई गरिएको थियो भने अहेव लक्ष्मण दाहाल, इन्दिरा मैनाली र ल्याव असिष्टेन्ट संगिता तिमल्सिनालाई स्वागत गरिएको थियो । प्रयोगशाला निर्माणका लागि वडा कार्यालयबाट ६० हजार रुपैँया र राष्ट्रिय प्रयोगशाला काठमाडौंबाट ३ लाख ५० हजार रुपैँयाको सामग्री सहयोग प्राप्त भएको छ ।

प्रयोगशाला संचालनमा आएपछि मकवानपुरगढी गाउँपालिकाको भरिकै बान्दिाले सेवा लिन सक्ने भए पनि वडा नम्बर २ , वडा नम्बर ६, ७ र ८ नम्बर वडाका बासिन्दाले भने बिशेष र छिटो लाभ लिन सक्ने छन् । अब स्नानियह्ररुले कामको ब्यस्तता , समय अभाब र सामान्य रोग हो भन्दै रोग पाल्न नपर्ने भएको छ । प्र्राथमिक स्थिरका परिक्षणहरु दिसा पिसाब , खकार र रगत जस्ता परिक्षणहरु बाट रोग पता लगाई स्थानियबासिले सामान्य भन्दा सामान्य रोग पाल्न पर्ने अबस्थाबाट छुटकार मिलेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक विदुरप्रसाद लामिछाने जानकारि दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*