कार्तिक २५ , हेटौडा
मकवानपुर गढीको वडा नम्बर आठ बुढिचौरमा लाग्ने गरेको रुपनारायण मेला यसपाली भने आज दिउँसो मात्रै लाग्ने भएको छ ।
प्रत्येक बर्षहरुमा राति लाग्ने गरेको मेला यसबर्ष भने आज दिउँसो मात्रै लाग्ने छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को कार्तिक १४ गते बसेको बैठकले मेला दिउँसो मात्रै लाग्ने निर्णय गरेको थियो । रातको समयमा असुरक्षित हुने र अराजक गतिबिधि हुने सम्भाबना भएकाले मेला दिउसो गर्ने निर्णय गरेको वडा अध्यक्ष कुमारसिं घिसिङले हेटौडा टुडेलाई जानकारि दिनु भयो । मेला आज बिहानैबाट सुरुभई साँझ ६ बजेसम्म मात्र लाग्ने छ ।
सेयर गर्नुहोस्



















