हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा स्वास्थ्य चौकी सेवा केन्द्रको उदघाटन

हेटौडा टुडे
२७ कार्तिक २०७६, बुधबार १५:३६

हेटौडा , कार्तिक २७

हेटौडा उपमहानगरपालिका वडा नम्बर १६, मा हेटौडा उपमहानगरपालिका र सामाजिक विकास महाशाखाको आयोजना तथा वडा नम्बर १६ संयोजनमा बुधवार हटिया स्वास्थ्य चौकी सेवा केन्द्रको उदघाटन गरिएको छ ।

हेटौडा उपमहानगर पालिका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा राटरी हेटौडाका उपाध्यक्ष राम प्रसाद शर्मा, नगर स्वास्थ्य प्रमुख भोलानाथ चौलागाई, कार्यपालिका सदस्य कृण्ण बहादुर राई, जनप्रिय उच्च मावि प्राविधिक शिक्षालयका अध्यक्ष लोकनाथ चौलागाई लगयतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*