बकैयामा नेकपा प्रवेशको लर्को

हेटौडा टुडे
४ मंसिर २०७६, बुधबार २१:२०

मंसिर ४, हेटौँडा

मकवानपुरको पुर्वी बकैया गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी ने क पा मा प्रवेशको लर्को लागेको छ । आज बकैयाको वडा नंबर ६ मा भएको नेकपाको विशेष कार्यक्रमबिच १ सय ५५ जना नेकपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा कांग्रेस तथा राप्रपाबाट विरबहादुर पाख्रीन, मालती गोले, मान बाहादुर गोले, चेत बहादुर लामा, फुलमाया भोलन, गंगामाया घलान लगाएत १ सय ५५ जना प्रवेश गरेको नेकपा बकैयाकी कार्यालय सदस्य तथा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताईन् । नेकपा प्रदेश नंबर ३ का सदस्य शर्केस घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा युवा नेता तथा जिल्ला सचिवाल सदस्य हिदम लामाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा मकवानपुर जिल्ला तहका नेताहरु, क्षेत्रीय कमिटिका नेता तथा गाउँपालिका पदाधिकारी तथा सदस्यहरुको आतिथ्यता रहेको थियो । बकैयालाई लाल बकैया बनाउने अभियान स्वरुप कार्यक्रमहरुलाई तिब्रता दिईएको नेकपा बकैया गाउँपालिका अध्यक्ष नारायण तिमल्सिनाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*