रवि लामिछानेले ल्याउदै छन नया कार्यक्रम ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम

हेटौडा टुडे
२६ मंसिर २०७६, बिहीबार २२:००

मंसिर २६ , हेटौडा

‘द लिडर’ टेलिभिजन रियालिटी शो को आज औपचारिक घोषणा गरिएको छ ।

‘एसआरबीएन’ मिडियाले छिट्टै प्रसारण गर्न लागेको कार्यक्रमको आज काठमाण्डौमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो ।

‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले नै सञ्चालन गर्नेछन् । कार्यक्रमको निर्याणकमा भने पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् । बाँकी २ निर्णायक भने पछि चयन गरिने पत्रकार सम्मेलनमार्फत बताइएको छ ।

कार्यक्रमलाई न्यूज २४ टेलिभिजनको साथै रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने कार्यक्रममका प्रस्तोता रबि लामिछानेले जानकारी दिए ।

कार्यक्रमको विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ । प्रतिस्पर्धीको भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने र एक असल राजनीतिक नेता जन्माउने आयोजकले दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*