हेटौँडा,११ पुस
अंग्रेजी नयाँ वर्ष २०२० को अवसर तथा पर्यटन वर्ष २०२०को प्रचारको लागि आजबाट हेटौँडामा सडक खाना महोत्सव हुने भएको छ । होटल यसोसियन अफ मकवानपुरको आयोजनामा हुने महोत्सवमा स्थानीय खानहरुलाई प्राथमिकताको साथमा प्रर्वद्धन गरिने बताईएको छ ।
आजबाट आईतबारसम्म हुने महोत्सव हेटौँडाको हुप्रचौर क्षेत्रमा हुनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विषेश सहयोगमा हुने महोत्सवमा सास्कृतिक कार्यक्रमहरु समेत हुने होटल यसोसियसन अफ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले बताए ।
महोत्सवको आज दिउसो ३ बजे उद्योग, पर्यटन, वन तथा वातावण मन्त्री अरुण नेपालले उद्घाटन गरेका छन् ।
सेयर गर्नुहोस्