राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउँदै

हेटौडा टुडे
५ माघ २०७६, आईतवार २१:५८

माघ ०५ , हेटौडा

मकवानपुरको हेटौंडामा यही माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारी आउँने भएकी छिन् । हेटौंडा ११, शहिद स्मारकमा निर्मित प्रजातान्त्रिक पार्क उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने तयारी गरिएको हो । राष्ट्रपति भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्मित नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिवार्चित प्रधानमन्त्री वी.पी कोइराला, लौहपुरूष गणेशमान सिंह,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*