खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा लामा

हेटौडा टुडे
७ माघ २०७६, मंगलवार २२:२५

माघ ७ हेटौडा

मकवानपुर जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा सानु लामा चयन हुनुभएको छ । आज बागमती प्रदेश खेलकुद परिषदको बैठकले लामालाइ चयन गरेको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरका प्रमुख सल्लाहकार रहनुभएका लामा मकवानपुरको खेल क्षेत्रमा सक्रिय रहनुका साथै ब्यवसाय तथा समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । बैठकले मकवानपुर सिहत प्रदेशका १३ वटै जिल्लाको अध्यक्ष चयन गरेको छ । परिषद्ले मकवानपुरमा लामा, सिन्धुपाल्चोकमा शिव देउजा, सिन्धुलीमा खडक रजन मगर, काठमाडौंमा अरुण बस्नेत, चितवनमा प्रल्हाद प्रधान, धादिङमा प्रताप सिं तामाङ, रसुवामा दावा तामाङ, काभ्रेमा मानवीर लामा, नुवाकोटमा बुद्धिमान तामाङ, ललितपुरमा भरत प्रसाद पराजुली, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का, भक्तपुरमा श्रीभक्त काशीछवालाई चयन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*