माघ ९,हेटौंडा
हेटौंडाउपमहानगरपालिका वडा नम्बर ९ मा वडास्तरिय युवा क्लब गठन गरिएको छ । नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत रहेर राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति मकवानपुरले हेटौंडाको सम्पुर्ण वडामा १६ देखि २४ वर्ष उमेर समुहको युवा क्लब गठन गर्न सुरु गरेको हो । १५ सदस्य समिती रहेको क्लबको अध्यक्षमा सुदिन पौडेललाई चयन गरिएको छ । लियो क्लब अफ हेटौंडामा आवद्ध रहेका पौडेल संघसंस्थाको क्षेत्रबाट क्लबमा चयन भएका हुन । यस्तै क्लबको उपाध्यक्षमा बिकिता अर्याल, सचिवमा रंजन कुमार पौडेल र कोषाध्यक्षमा श्रीष्टी महर्जन चयन भएका छन् ।
उपाध्यक्ष अर्याल र कोषाध्यक्ष महर्जन खुला क्षेत्रबाट चयन भएका हुन् भने सचिव पौडेल पत्रकारिता क्षेत्रबाट चयन भएका हुन् । यस्तै सदस्यहरुमा गृष्मा फुयाँल, दिक्षान्त खड्का, जोन खनाल, दिवश खतिवडा, राजन देउजा, बिपिन लामिछाने, सामना गौतम, सुजिता थापा, श्रीराम गुप्ता, बन्दना नेपाली र विधाता लामिछाने चयन भएका छन् । कार्यसमिती चयन गर्दा प्राथनिकता, बिशेष प्रथमिकता, कलाकार, पत्रकार, खेलाडी, संघसंस्थामा आबद्ध, सहकारीमा आवद्ध, उद्यमी युवाहरु गरी १० जना र वडा कार्यालयले छनोट गरेका ५ जना गरि १५ जना छनोट गरिएको हो । यसैगरी नगरका सबै वडामा युवा क्लब गठन गरि प्रत्येक वडा बाट २ जनाको दरले नगर युवा संसदको अभ्यास गरिने कार्यक्रमका सहजकर्ता तथा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख भिम तिमल्सिनाले जानकारी दिनुभयो । संघिय संसदमा समेत ३३ प्रतिशत मात्र महिला सहभागिता रहेकोमा यस नमुना युवा संसदमा समान ५० प्रतिशतले महिला पुरुषको सहभागिता रहने गरि क्लबको कार्यसमिति निर्माण गरिएको उहाँले बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथी तथा हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुहुँदै नयाँजोस भएका युवाहरुसँग समन्वय गरि वडाको बिकासका काम गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । युवा क्लबले पहिलो कामको रुपमा वडामा बढ्दै गएको लागुपदार्थ दुर्ब्यसनलाई न्युनिकरण गर्नका लागि कार्यक्रम आयोजना गर्न समेत भण्डारीले निर्देशन दिनुभएको छ । यस्तै वडा तथा नगरपालिकामा युवासम्बन्धी हुने सम्पुर्ण कार्यक्रमहरु युवामार्फत नै गराई युवाहरुलाई भोलिका दिनमा सक्षम तथा आत्मनिर्भर बनाउन यसकिसिमको कार्यक्रमको आयोजना गरिएको
कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले बताउनुभएको छ । वडाकार्यालयको संरक्षणमा युवा क्लबहरु संचालन हुने उहाँले जानकारी दिनुभयो । जिल्ला युवा समिती मकवानपुरले गतवर्ष मनहरी गाउँपालिकामा युवा क्लब गठन गरेको थियो । कार्यक्रममा हेटौंडा ९ का वडा सदस्यहरु लक्ष्मी नेपाली, सुकराम केसि, टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा ९ का संयोजक यदुवंश खतिवडा, टोल विकास नगर समन्वय समिती सदस्य रामचन्द्र अर्याल लगायत वडाका उल्लेख्य युवाहरुको उपस्थिती रहेको थियो ।