बागमती गोल्डकप फागुनमा हुने, प्रथम पुरस्कार ६ लाख

हेटौडा टुडे
१० माघ २०७६, शुक्रबार २१:०८

माघ १०, हेटौडा

बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनमा हुने भएको छ । शुक्रबार पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी समेत दुई गुणा बृद्धी गरिएको जानकारी दिएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई छ लाख र दोस्रो हुने टिमलाई तीन लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बताउनु भयो । फागुन १ गतेदेखि १० गतेसम्म हुने प्रतियोगिता हेटौंडाबाट ४५ किलोमिटर पूर्वस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा ६७ लाख ६५ हजार रुपैंया खर्च हुने उहाँले बताउनु भयो ।

५ वटा ए डिभिजन, प्रदेशस्तरीय र जिल्लास्तरीय ४–४ वटा र आयोजक सहित १० टिमको सहभागिता रहने प्रतियोगिताको करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट ५ खेलाडीलाई जनही १० हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिईने अध्यक्ष बलको भनाई छ ।

समितिका अध्यक्ष बलले विगतको संस्करण भन्दा पनि यसपाली व्यवस्थापनलाई अझ व्यवस्थित बनाएर प्रतियोगिता आयोजना गर्ने प्रयासमा आयोजक लागि परेको बताउनु भयो । उक्त प्रतियोगितालाई सफल पार्न विभिन्न संघसंस्था, व्यवसायी, सामाजिक व्यक्तित्व, सहयोगि दाता संचारकर्मी लगायत संग सहकार्य गर्दै अगाडी बढीरहेको बताउनु भयो ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले अब श्रमिक मात्र होईन गाउँमै फुटबल खेलाडी उत्पादन गरेर विदेश पठाउन सके धेरै कमाई हुने बताउनु भयो । प्रतियोगिता मार्फत् बागमती गाउँपालिकाको पनि प्रचारप्रसार हुने भन्दै उहाँले प्रतियोगिताका लागि गाउँपालिकाले ३० लाख रुपैंया सहयोग गर्ने बताउनु भयो ।

प्रतियोगितामा विरगन्ज युनाईटेड, नवजागृती सिमरा, बागमती क्लब (सर्लाही), मकवानपुर ११ लगायतले खेल्ने बताएपनि ए डिभिजन क्लबहरुसँग भने समन्वय भईरहेको बताईएको छ । दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

यस प्रतियोगिताको प्रचार प्रसार तिव्र पारिएको छ भने आर्थिक सहयोग संकलन पनि तिब्र गतमा भईरहेको समितिका कोषाध्यक्ष बिरेन्द्र समालले जानकारी दिनु भयो । प्रचार प्रसार र दर्शकका लागि प्याराफिट निर्माण धमाधम भईरहेको समेत समितिको बताउनु भयो । उहाँले भन्नु भयो,“प्याराफिट निर्माणको ९० प्रतिशत काम भईसकेको छ, अबको केहि केहि दिनमा प्याराफिट निर्माण कार्य सपन्न हुनेछ ।”

समितिका सचिव भिम राईले गोल्डकप हेर्न आउने फुटबल प्रेमी दर्शकहरुलाई ब्यवस्थित रुपमा प्रतियोगिता हेर्ने ब्यवस्था मिलाउन अहिले प्याराफिट निर्माण र मैदान व्यवस्थापनको काम भइरहेको बताउनु भयो । गोल्डकप हेर्नको लागि यतिबेला गाउँपालीवासीले उत्साहाका साथ प्रतिक्षा गरिरहेको भन्दै सबैले सहयोग गर्नको लागि समेत आग्रह गर्नु भयो ।

गाउँपाकिाको स्वकीय सचिव मनोज बलले संचालन गर्नु भएको कार्यक्रममा बागमती गाउँपालिका ४ का वडा अध्यक्ष रहरमान थिङ्ग, जनता माबिका प्राचार्य तथा बागमती गाउँपालिका खेलकुद विकास समिति सल्लाहकार बसन्त राई, समितिका सचिव भिम राई, सल्लाहकार शंकर कुमार पराजुली, किरण माझि लगायतको लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*