सोनाम ल्होछारको अवसरमा तामाङ संघको चियापान तथा शुभकामना आदान प्रदान

हेटौडा टुडे
११ माघ २०७६, शनिबार ०९:३८

हेटौंडा, ११ माघ

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले सोनाम ल्होछारको अवसर पारेर शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उापाध्याय डिनाको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान गरिएको हो ।

कांग्रेसको जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल लगायत पार्टी तथा भातृ शुभेच्छुक संघसंस्थाका जिल्ला पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । तामाङ समुदायको सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुने गर्छ । मञ्जुश्री पात्रो शुरु भएको २८५६औँ वर्ष पूरा भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको जानकारहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*