बागमती प्रदेशभर नै कोरोना भाइरस फैलिन नदिन उच्च सतर्कता

हेटौंडा टुडे
२३ माघ २०७६, बिहीबार २२:१४

माघ २३ , हेटोडा

बागमती प्रदेश सरकारले नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि १३ वटै जिल्लामा सर्तकता अभियान सुरु गरिसकेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारीले यस क्षेत्रमा कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाइएको बताएका छन् । प्रदेश सरकारले कोरोना भाइरसको सतकर्ताको लागि विमानस्थल अस्पताल देखि नाका हुदैं सर्तकर्ता अपनाइएको छ । आज हेटौंडामा पत्रकार संग अन्तरक्रिया गर्दै नोवेल कोरोना भाइरसको कसरी सर्छ यो कस्तो खालको रोग हो , लक्षण केके हुन् र यसको संक्रमणबाट बच्न कस्तो तरिका अपनाउनुपर्छ भन्ने बारे छलफल गरिएको थियो ।

यस्तै स्वास्थ्य निर्देशक रमेश अधिकारीको संयोजकत्वमा प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति गठन गरिएको छ । समितिमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाइ प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सदस्य छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले भाइरसको संक्रमणबाट बच्नका लागि सबैलाई सचेत हुन र स्वस्थ व्यवहार गर्न आह्वान गरेको छ । निर्देशनालयले सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई भाइरसले छिट्टै प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन  आग्रह गरेको छ । निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारीले कोरोना भाइरस हावामा एक मिनेट र मानव शरिरमा चौध दिनसम्म मात्रै जिवित रहन सक्ने हुँदा संक्रमण स्वस्थ व्यवहारले नियन्त्रण गर्न सकिने बताउनुभयो ।

बिश्वभरका २४ वटा देशमा २० हजार ६ सय ३० जनामा यसको संक्रमण देखिएको बताउँदै डाक्टर अधिकारीले चीनमा मात्रै २० हजार ४ सय ७१ जनामा यो संक्रमण देखिएको जानकारी दिए । अहिलेसम्म कोराना भाइरसका कारण २.२ प्रतिशतका दरले मानिसको मृत्यु भएको बिश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । उक्त भाइरसबाट हालसम्म ४ सय २५ जनाको मृत्यु भइसकेको छ । नेपालमा भने संकास्पद १४ जनालाई परीक्षण गर्दा १ जनामा मात्रै यसको संक्रमण फेला परेको थियो । छिमेकी देश चीनबाटै कोरोना भाइरस फैलिएकाले नेपालमा पनि संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । हेटौडा अस्पताल र चितवन अस्पतालमा पनि बिरामीमा भाइरसको लक्षण देखिए तत्काल छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरिएको र प्रदेश सरकारले चीन संगको नाका तातोपानी, केरुङ, भक्तपुर, भरतपुर विमान स्थलमा हेल्थडेक्स राखिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*