
फागुन २४ हेटौंडा/मकवानपुरको भिमफेदी गाउँपालिका ९ मा चट्याङ लागेर १को मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। शनिबार बिहान बर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले बताएका छन्।
चट्याङ लागेर मृत्यु हुनेमा भिमफेदी ९ च्याउखोलामा बस्ने २३ बर्षीय विजय स्याङ्ताङ रहेको डिएसपी कार्कीले बताएका छन्।उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।
त्यसैगरी घाइते हुनेमा निजको श्रीमती २२ वर्षीया सविता स्याङ्ताङ रहेको डिएसपी कार्कीले बताएका छन्।घाइते सविताको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।


सेयर गर्नुहोस्