कोरोना भाइरसको प्रभावले लगानी डुव्यो : व्यवसायी

२५ फागुन,हेटौँडा /पछिल्लो समय चीनमा देखिएको नोबल कोरोना भाइरसले विश्वभर महामारी भइरहेको बेलामा नेपालमा पनि त्यसको असर भइरहेको छ । चीन संग सिमाना जोडीएको नेपालमा कोरोना संक्रमणको चिन्ता सबैमा रहेको छ । यसैसन्र्दभमा हेटौंडालगायत जिल्लाका सबै क्षेत्रमा रंगको पर्वको रुपमा मनाइने फागुपूर्णिमा (होली)को भने आफ्नै पिडा रहेको छ । लाखौं लगानी गरेर होली विशेष टिर्सट खरिद गरि विक्रिी गर्न ल्याएको हेटौंडा बजारका व्यावसायी भने कोरोना भाइरसका कारण होली नखेल्न प्रहरी प्रशासनले सुचना गर्दै गर्दा व्यापारमा असर परेको व्यावसायीहरुको गुनासो रहेको छ । केहि दिन अघिदेखि बजारका पसलनै सेतै हुनेगरि विक्री गर्न राखेका टिर्सट जस्ताको त्यस्तै रहेको र विक्री नभएको ब्यवसायीहरु बताउँछन् ।  कोहि ब्यवसायी यसो भन्छन्, ” सुरुमा केहि विक्री भयो पछि प्रशासनले पर्वजात्रा मेलामहोत्सव नगर्न आग्रहको सुचना भएपछि व्यापार ठप्प रहेको बताउँछन्  , पर्व विशेषले गर्दा सबैको पहुँच पुगोस भन्ने हेतुले नाफा नगर्ने हिसाबले लगानी गरि खरिद गरिएको होली टिर्सट विक्री न्युन रहेको कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष तेजराज अधिकारीले बताए । मकवानपुरमा करिब सात सय व्यावसायी छन्, जस मध्ये चार सय संघको सदस्य रहेको उनले बताए । अध्यक्ष अधिकारीका अनुसार हेटौंडामा कम्तिमा ह्याप्पी होली लेखिएको ५० हजार थान टिर्सट खरिद रहेको बताए । गएको वर्ष झैं व्यापार हुने हेतुले सामान अर्डर गरियो लागनी लगाइएको कोरोना भाइरसको … Continue reading कोरोना भाइरसको प्रभावले लगानी डुव्यो : व्यवसायी