हेटौंडामा लकडाउन अवज्ञा गर्ने लाई पक्राउ गर्ने तयारीमा प्रशासन
१२ चैत्र हेटौंडा सरकारले हिजो देखी सुरु गरेको लक डाउनमा हेटौडा र आसपासमा लक डाउन अबज्ञा गर्दै नागराक सडकमा निस्कने विना काममा सवारी चलाउने कार्य गरेको जन गुनासो बढे पछी आज बाट लक डाउन अबज्ञा गर्ने लाई पक्राउ गरी आवश्यक कार्वाही गर्ने तयारीमा जिल्ला प्रशासन कार्यालय लागेको बताईएको छ । सरकारले कोरोना भाइरसबाट जोजिगनका लागि गरेको लकडाउन कार्यान्वयन गर्नका लागि मकवानपुर प्रशासन कठोर वन्दै गएको हो । अनावस्यक रुपमा लकडाउन उलंघन गरेमा सडकमा रहेका प्रहरीले कार्बाही गर्ने तयारी समेत गरिएको प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद नेपालको भनाई रहेको छ । अनावस्यक रुपमा सडकमा निस्कीए शुरक्षाका लागी खटिएका प्रहरीले पक्राउ गर्ने छ मकवानपुरका प्रमुख जिल्ला अधाकारी नेपालले भने । हिजो टाढा टाढाबाट गन्तव्यमा जानका लागि निस्कीएकाहरुलाइ केही खुकुलो गरिएपनि आज भने यसलाई थप कडाइ गरिएको उहाँले वताउनुभयो । अनावस्यक रुपमा घरबाट बाहिर निस्कने, सडकमा ओहोर दोहोर गर्ने, सवारीका साधन चलाउने गरेको पाइएमा पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएको उहाँले वताउनुभयो । घरबाहिर निस्कने र सवारीका साधन चलाएको पाइएमा कार्बाही गर्नका लागि जिल्लाभरका सवै प्रहरी युनिटहरुलाई निर्देशन गरिएको प्रजिअ नेपालले को भनाई रहेको छ । सबै नागराकले सरकारले गरेको लक डाउनको पालना गर्न सभेत नेपालको आग्रह रहेको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed