चैत्र १८ , हेटौडा
थाहा नगरपालिकाले नगर क्षेत्रमा रोजगारीको शिलशिलामा अन्यत्रबाट आई अलपत्र परेका ४० जनालाई उनीह?को गन्तव्यसम्म पठाएको छ । थाहा नगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा इट्टाभट्टामा कार्यरत् २१ र आग्राका विभिन्न विद्यालय निर्माणमा काम गरिरहेका १८ जनालाई पर्सा तथा ?पन्देही सम्म पठाएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको समन्व्यमा उनीह?लाई गन्तव्यसम्म पठाइएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।त्यसैगरी काठमाण्डौंबाट हिँडेर हेटौंडा जानका लागि थाहामा आइपुगेका ७६ वर्षिय रामप्रसाद पौडेललाई पनि गन्तव्यसम्म पठाइएको छ । उनी चार दिन लगाएर काठमाण्डौंबाट थाहानगर आइपुगेका थिए । थाहा नगरपालिकाले रोजगार वा अन्य शिलशिलामा थाहा नगरमा आई अलपत्र परेकाह?लाई जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको समन्वयमा घरसम्म पुग्नको लागि सिफारिस गर्दै आएको छ ।