चैत्र २०,हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौँडामा आज (बिहिबार) बाट कोरोना भाईरस (कोभिड-१९) को परिक्षण गरिने ल्याव सञ्चालनमा आउने भएको छ । आज बिहान १० बजेबाट ल्याव सञ्चालनमा आउन लागेको हो ।
ल्यावको लागि आवश्यक जनशक्ति तथा सम्पूर्ण सामग्रीहरु हेटौँडा आईसको जनाउँदै बागमती प्रदेशको सामजिक विकास मन्त्रालयका प्रवत्ता दिपेन्द्र सुबेदीले बताए । हिजो रातीसम्म ल्यावको सबै मेसिन जडान भैसहेको कारण आज बिहान १० बजेबाट ल्याब सञ्चालनमा आउने उनको भनाई रहेको छ ।
सेयर गर्नुहोस्