मुख्यमन्त्री भट्टले आज जनता लाई सम्बोधन गर्ने

हेटौंडा टुडे
२३ चैत्र २०७६, आईतवार १४:३९

चैत्र २३ , हेटौंडा

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले जनता लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  आज दिउँसो  ३:३० बजे मुख्यमन्त्री भट्टले जनताको नाममा सम्बोधन गर्ने जनाइएको छ। बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको धारणा नआएको भन्दै जनस्तरबाट गुनासो व्यापक रुपमा आए पछि आज मुख्यमन्त्री भट्टको सम्बोधन आउने भएको छ । उहाँले आज गर्ने सम्बोधन नेपाल टेलिभिजन, रेडियो नेपाल तथा फेसबुक मार्फत हेर्न र सुन्न सकिने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिब शिव ओलिले जनाउनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*