सहयोगी मन नेपालद्वारा ११ घर परिवारलाई राहत वितरण

टुडे संवादाता
८ बैशाख २०७७, सोमबार १४:१०

 बैशाख ८, हेटौँडा/हेटौँडा उपमहानगरपालीका वडा नम्बर १६ मा अवस्थित सहयोगी मन नेपालले वडाअध्यक्ष रामकृष्ण कोइरालाको रोहबरमा आफ्नो वडामा रहेको ११ घर परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागी सरकारले लकडाउन गरेसंगै संकटमा परेका निम्न वर्गीय परिवारलाई सहयोग गर्न खाद्यान्न वितरण गरिएको हो ।

राहत स्वरुप प्रत्येक घर परिवारलाई दाल, चामल, नुन , तेल लगायत खाद्यान्न दिइएको सहयोगी मनका अध्यक्ष केदार चौँलागाइले बताए । सहयोगकै क्रममा उक्त वडाबासीलाई व्यक्तिगत रुपमा खाद्यान्न तथा नगद पनि संकलन गरिएको छ । ऋषेश्वर ग्रिल उद्योगका प्रोपाइटर उद्धव प्रसाद गजुरेलले ६० प्याकेट पिठो र काठमाण्डौ १० बानेश्वर निवासी डा. जगदिश चन्द्र बरालले नगद ५५,७५० सहयोग गरेका छन् ।
आफ्नो वडामा रहेका कुनै पनि परिवारले कठिनाई बेहोर्न नपरोस् भनि राहत वितरणको काम थालिएको वडाअध्यक्ष कोइरालाले बताए । उनका अनुसार अहिलेसम्म यो वडामा ८०० घरपरिवारलाई राहत वितरण गरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*