
बैशाख १५ ,हेटौंडा /कोरोना भाइरस जोखिमबाट बच्न विभिन्न संघ संस्था र व्यक्तिले हेटौँडा ५मा रहेको वडा प्रहरी कार्यालय हेटौँलाई पाँच सय पँचास थान मेडिकल माक्स प्रदान गरिएको छ ।
कार्यालयलाई हेटौैडा वडा ५ का वडा अध्यक्ष राजेश बानियाँबाट दुई सय थान, नारायणी मलका म्यानेजर कैलाश ढकालबाट एक सय पचास थान, सहारा मल्टिप्रपोज तथा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी हेटौंडाका वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटा र हेटौंडा ५ निवासी रुपक महतबाट एक/एक सय थान गरि पाँच सय पचास थान मेडिकल माक्स सहयोग स्वरुप प्रदान गरिएको वडा अध्यक्ष बानियाँले बताए ।
माक्स हस्तान्तरण गर्दै वडाअध्यक्ष बानियाँले बिहान देखि अबेर राति सम्म ड्युटीमा खटिने प्रहरीलाई जोखिम हुन सके भन्दै मास्क सहयोग गरेको बताए ।त्यसैगरी मास्क बुझदै वडा प्रहरी प्रमुख भण्डारीले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन ।

