चितवनमा ट्यांकरले सेनाको गाडीलाई ठक्कर दिँदा ४ सैनिक घाइते

टुडे संवाददाता
११ असार २०७७, बिहीबार २०:५४

असार ११,चितवन /आज साँझ सेनाको गाडीलाई ट्यांकरले ठक्कर दिंदा चारजना सेना सामान्य घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १ , आँपटारीको जंगलमा म्याग्दीबाट २१ जना सेना लिएर सुनसरी गइरहेको बा १ ग २१४५ नम्बरको गाडी(टुटन) लाई सोही दिशाबाट आइरहेको ना ३ ख ९१२५ नम्बरको ट्यांकरले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनाबाट घाइते चारैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*