५० हजार घुससहित इन्स्पेक्टर र वकिल पक्राउ

असार १२,कैलाली/सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिदैं गरेको अवस्थामा एक प्रहरी इन्स्पेक्टर र कानुन व्यवसायी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इस्पेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई रंगे हात पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको फर्ममा छापा हान्ने क्रममा उनीहरु दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए । जबर्जस्ती करणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्दा मिलाईदिन्छु भन्दै उनीहरुले सेवाग्राहीसँग ५० हजार घुस लिएको अख्तियारले जनाएको छ।उनीहरुलाई अख्तियारको हिरासतमा राखेर अनसुन्धान गरिराखिएको सुचना अधिकारी विष्टले जानकारी दिए ।