घर भत्किँदा पतिको मृत्यु, पत्नी घाइते

टुडे संवाददाता
१४ असार २०७७, आईतवार १०:०१

असार १६ ,स्याङ्जा/पहिराले घरको एक भित्ता भत्काएर पुरिँदा गल्याङ्का एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । गल्याङ नगरपालिका–१ साङलीयाका ४९ वर्षीय यमबहादुर विकको आइतबार बिहान मृत्यु भएको हो । उनकी पत्नी ४२ वर्षीय फुलमाया विक घाइते छिन् उनको पाल्पा मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाकारी दिएको छ ।

हिजो साँझदेखिको अविरल वर्षाका कारण आइतबार विहान ३ बजे घरमाथिबाट झरेको पहिराले घरको भित्ता फोडेपछि पतिपत्नी घाइते भएका थिए।
गम्भीर घाईते दुवैलाई गल्याङ नगर अस्पतालमा ल्याइएको थियो । अस्पताल पुर्‍याइएको एक घण्टापछि उपचारका क्रममा यमबहादुरको मृत्य भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
फूलमायालाई थप उपचारका लागि पाल्पा पुर्‍याइएको प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ । प्रहरीका अनुसार फुलमायाको टाउकोमा चोट लागेको र अवस्था गभ्मीर छ ।
विक परिवारका छोरा र छोरी भने सकुशल रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*