फ्रिडम फोरम द्वारा सञ्चारकर्मीको लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग

टुडे संवाददाता
२० असार २०७७, शनिबार २१:१८

असार २०,हेटौंडा/फ्रिडम फोरमले मकवानपुरका सञ्चारकर्मीहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणको महामारी फैलिरहेको बेला त्यसबाट जोगिएर सञ्चारकर्म गर्नको लागि फ्रिडम फोरमले मास्क र प्रेस ज्याकेट र ग्लोब्स हस्तान्तरण गरेको हो । शनिबार एक कार्यक्रमकाबीच फ्रिडम फोरमका बागमती प्रदेशका प्रतिनिधि राममणि दाहालले सञ्चारकर्मीहरुलाई वितरण गर्ने गरी सामाग्री प्रदान गरेका हुन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारी, नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष एवम् महासंघ पूर्व कोषाध्यक्ष मणिराज गौतम, महासंघका कार्यसमिति सदस्य एवं युनियनका कोषाध्यक्ष केशव समर्पण, महासंघका कार्यसमिति सदस्य सुवास बिडारीलगायतको उपस्थिति रहेको थियो ।
सामाग्री हस्तान्तरणपछि फ्रिडम फोरमका प्रतिनिधि दाहालले सञ्चार क्षेत्रको समस्यालाई समाधान गर्दै निष्पक्ष र भयरहित पत्रकारिता गर्न संस्था तयार रहेको बताए ।

फ्रिडम फोरमले मकवानपुरका सञ्चारकर्मीहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणको महामारी फैलिरहेको बेला त्यसबाट जोगिएर सञ्चारकर्म गर्नको लागि फ्रिडम फोरमले मास्क र प्रेस ज्याकेट र ग्लोब्स हस्तान्तरण गरेको हो । शनिबार एक कार्यक्रमकाबीच फ्रिडम फोरमका बागमती प्रदेशका प्रतिनिधि राममणि दाहालले सञ्चारकर्मीहरुलाई वितरण गर्ने गरी सामाग्री प्रदान गरेका हुन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारी, नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष एवम् महासंघ पूर्व कोषाध्यक्ष मणिराज गौतम, महासंघका कार्यसमिति सदस्य एवं युनियनका कोषाध्यक्ष केशव समर्पण, महासंघका कार्यसमिति सदस्य सुवास बिडारीलगायतको उपस्थिति रहेको थियो ।

सामाग्री हस्तान्तरणपछि फ्रिडम फोरमका प्रतिनिधि दाहालले सञ्चार क्षेत्रको समस्यालाई समाधान गर्दै निष्पक्ष र भयरहित पत्रकारिता गर्न संस्था तयार रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*