कोशीमा ३६ वटा ढोका खोलियो,उच्च सर्तकता अपनाउन आग्रह
असार २७,जनकपुर /निरन्तर वर्षातको कारण प्रदेश नम्बर २ को सिमा क्षेत्र कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । लागातार वर्षातको कारण कोशी नदीमा पानी बढ्दै गएपछि कोशी नदीको फाटक खोल्ने क्रम पनि जारी नै छ । कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । धनकुटास्थित तमोर नदी मुलघाटमा जलस्तर बढेपछि कोशीसंग जोडिएको प्रदेश नम्बर २ को सप्तरी र प्रदेश नम्बर १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो । सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सप्तरी र सुनसरी सीमा छुट्याउने कोशी नदीमा पानीको बहाव बढ्दै गइरहेको बताए । अपरान्ह तीन बजेपछि कोशीमा पानीको बहाव २ लाख १५ क्युसेक कटिसकेको जानकारी आफूहरूलाई प्राप्त भएको उनले जनाए । उनले भने, ‘धनकुटास्थित तमोर नदी मुलघाटमा पानीको बहाव उच्च भइसकेको जानकारी आएको छ, तमोर नदी नै कोशीमा मिल्ने भएकोले यहाँपनि पानीको सतह बढेको हो ।’ कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । पानीको बहाव लगातार बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये ३६ वटा खोलिसकेको उनले बताए । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ३६ वटा ढोका खोलिसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले भने । कोशी नदीमा आउने बाढीका कारण हरेक वर्ष सप्तरीको … Continue reading कोशीमा ३६ वटा ढोका खोलियो,उच्च सर्तकता अपनाउन आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed