साउन ३ हेटौडा
नेपालको पहिलो बाख्रा फार्मको रुपमा रहेको बाख्रा विकास फार्म चित्लाङले बाख्राको माग धान्न गाह्रो भएको छ । उत्पादनको तुलनामा माग अत्याधिक भएपछि माग धान्नै गाह्रो भएको फार्म चित्लाङका नायव पशु सेवा प्राविधिक तुल्सी राम बास्तोलाले बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्मका बाख्रा फार्महरुले १० देखि ५० वटा सम्म माग गर्दा पनि १्२ वटा मात्र आपूर्ति गर्न सकेको उहाँको भनाई छ । वार्षिक २०० वटा बिक्री गर्ने तार्गेत रहे पनि आर्थिक वर्ष २०७६्७७ मा २ सय ७९ वटा बाख्रा बिक्री गरिएको उहाँले बताउनुभयो ।
बाख्रा विकास फार्ममा वार्षिक २०० वटा उत्पादन गर्ने लक्ष्य रहेको छ । फार्मबाट पाल्नका लागि मात्र बाख्रा बिक्री गर्ने गरिन्छ । अहिले फार्ममा करिब ४ सय वटा बाख्रा रहेको छ । फार्ममा बाख्रा पालेर उत्पादन भएको जैविक मल बिक्री गरेर गएको वर्षमात्र ५० हजारको आम्दानी भएको उहाँको भनाइ छ । फार्म मार्फत दैनिक १५ लिटर दुध उत्पादन हुने भएपनि लकडाउनको कारण दुध बिक्री बन्द भएको छ । गत वर्ष ४० हजार रुपैँयाको दुध बिक्री गरेको थियो ।
यस वर्ष बाख्राको संख्या घटाउने योजनामा रहेको समेत उहाँले बताउनुभयो । हाल भएका बाख्राहरुमा उन्नत जातका बाख्रा मात्र राखिने गरी संख्या घटाउने र २ सय वटा भेडा र खरायो पालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । फार्म मार्फत देशभरका अधिकांश संस्थाहरुले तालिमहरु लिने गरेको छ । वि।सं।२००१ सालमा भेडा फार्मको नामबाट स्थापना भएको फार्म २०५८ साल देखि बाख्रा विकास फार्मको रुपमा स्थापित भएको हो ।नेपालको पहिलो बाख्रा फार्मको रुपमा रहेको बाख्रा विकास फार्म चित्लाङले बाख्राको माग धान्न गाह्रो भएको छ । उत्पादनको तुलनामा माग अत्याधिक भएपछि माग धान्नै गाह्रो भएको फार्म चित्लाङका नायव पशु सेवा प्राविधिक तुल्सी राम बास्तोलाले बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्मका बाख्रा फार्महरुले १० देखि ५० वटा सम्म माग गर्दा पनि १्२ वटा मात्र आपूर्ति गर्न सकेको उहाँको भनाई छ । वार्षिक २०० वटा बिक्री गर्ने तार्गेत रहे पनि आर्थिक वर्ष २०७६्७७ मा २ सय ७९ वटा बाख्रा बिक्री गरिएको उहाँले बताउनुभयो ।
बाख्रा विकास फार्ममा वार्षिक २०० वटा उत्पादन गर्ने लक्ष्य रहेको छ । फार्मबाट पाल्नका लागि मात्र बाख्रा बिक्री गर्ने गरिन्छ । अहिले फार्ममा करिब ४ सय वटा बाख्रा रहेको छ । फार्ममा बाख्रा पालेर उत्पादन भएको जैविक मल बिक्री गरेर गएको वर्षमात्र ५० हजारको आम्दानी भएको उहाँको भनाइ छ । फार्म मार्फत दैनिक १५ लिटर दुध उत्पादन हुने भएपनि लकडाउनको कारण दुध बिक्री बन्द भएको छ । गत वर्ष ४० हजार रुपैँयाको दुध बिक्री गरेको थियो ।
यस वर्ष बाख्राको संख्या घटाउने योजनामा रहेको समेत उहाँले बताउनुभयो । हाल भएका बाख्राहरुमा उन्नत जातका बाख्रा मात्र राखिने गरी संख्या घटाउने र २ सय वटा भेडा र खरायो पालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । फार्म मार्फत देशभरका अधिकांश संस्थाहरुले तालिमहरु लिने गरेको छ । वि।सं।२००१ सालमा भेडा फार्मको नामबाट स्थापना भएको फार्म २०५८ साल देखि बाख्रा विकास फार्मको रुपमा स्थापित भएको हो ।