हेटौंडा १६ जरुङटोलका ५१ जना नेपाली कांग्रेसमा प्रवेश

टुडे संवादाता
५ श्रावण २०७७, सोमबार १९:०४

साउन ५ ,हेटौंडा/विभिन्न पाटी परित्याग गरी हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडास्थित जरुङटोलका ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको जरुङटोल समिति गठन कार्यक्रममा नेकपा, राप्रपालगायतका पार्टी परित्याग गर अनिरा रुम्बाको नेतृत्वमा ५१ जना कांग्रेस प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालालगायतले टीका र खादा लगाइदिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका कांग्रेस उपमहानगर सभापति पराजुलीले कम्युनिष्टको खोक्रो आश्वासन र झुटको खेतिबाट जनता आजित भैसकेको आरोप लगाए । ‘जनता कोरोनासंग लडिरहेको अवस्था छ, सरकार भ्रष्टाचारमै व्यस्त छ । चुनावका बेला गरेको मीठा भाषण कत्तिको कार्यान्वयन भए, त्यो बुझ्नु आवश्यक छ’, उनले भने, ‘जनताको पीरमर्का एकातिर त्यस्सै छ । तर सरकार सञ्चालन गरिरहेको पार्टीका नेताहरु आन्तरिक वादविवाद, भ्रष्टाचार र सरकार जोगाउने कसरतमै व्यस्त रहेको छ ।’ कम्युनिष्टबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्दै उनले अबको चुनावमा कम्युनिष्ट वास्तविक साइजमा आउने चेतावनी दिए । भेलाले प्रभाकर आले मगरको अध्यक्षतामा १७ सदस्यीय जरुङटोल समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सुन्दर विक, सचिवमा पम्फा राना, सहसचिवमा मधु गोले र कोषाध्यक्षमा सुवास आले मगर रहेका छन् । कांग्रेस हेटौंडा १६ का सभापति रामकृष्ण कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सल्लाहकार मोहन बस्ताकोटी, क्षेत्रीय सदस्य ध्रुब दुलाल, वडा सचिव बुद्धिलाल स्याङ्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*