साउन ८,हेटौंडा /नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, मकवानपुरको सहयोग तथा हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ं उपशाखाको व्यवस्थापनमा अटोमेटीक हात धुने सामाग्री राखिएको छ ।
रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्रि खेमराज सापकोटा,नेपाल रेडक्रास सोसाइटी हेटौडा ७ नागस्वती उपशाखा सभापती ध्रुबप्रसाद चौलागाई, ७ नं वडा अध्यक्ष राजन थापा, जिल्ला रेडक्रस कार्यालयका लक्ष्मण भट्टराई, ७नं उपशाखा सचिव नवराज खतीवडा लगायतका स्थानिय समाजसेवी एवं रेडक्रसकर्मीहरु समेतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।लकडाउन अन्त्य भएपनी कोरोनाको जोखिम अझै कायम रहेको र सधैभरी सफासुग्घर रहनु आवश्यक रहेकोले अटोमेटीक हातधुने व्यवस्था गरिएको उपशाखा सभापती ध्रुबप्रसाद चौलागाईले जानकारी गराउनु भयो।
सेयर गर्नुहोस्