आज गाइजात्रा मनाइँदै

साउन २०,हेटौंडा/उपत्यकासहित देशका विभिन्न स्थानमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार सम्प्रदायमा यो पर्व वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गरिँदै मनाइन्छ । दिवंगत आफन्तहरूको सम्झनामा मानिसलाई गाईको रूप धारण गराई नगरपरिक्रमा गराएमा वर्षभरिमा मृत्यु भएका आफन्तहरू गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास पनि रहँदै आएको छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदाको दिन पर्छ । नेवार समुदायका मानिस आफ्ना पितृगणको सम्झनामा गाईसँगै विभिन्न रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । नेवार सम्प्रदायमा यो जात्राले धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको पाइन्छ । सत्रौँ शताब्दीमा राजा प्रताप मल्लको नाबालक छोराको निधनमा उनकी रानी ठूलो वियोगमा परिन् । शोकका कारण रानी अत्यन्त विक्षिप्त बनेकी थिइन् । पुत्रवियोगमा उनी लामो समयसम्म एक्लै टोलाएर बस्ने गरेकी थिइन् । राजा प्रताप मल्लले मृत्यु कसैको वशमा हँुदैन भनेर यथार्थ बुझाउन खोजे पनि रानीको मन केही गरे पनि शान्त भएन । त्यसपछि राजाले एउटा जुक्ति निकाले । ‘हाम्रा युवराज मात्र होइन, दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउनका लागि गाईजात्रा सुरु गरिएको किंबदन्ती छ । राजा प्रताप मल्लले ‘वर्ष दिनभित्र जसको आफन्त मरेका छन् उनीहरू सबैले गाईको झाँकी प्रदर्शन गर्नू’ भनेर उर्दी लाएपछि यो जात्रा मनाउन थालिएको इतिहास पाइन्छ । हिन्दू धर्मअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि … Continue reading आज गाइजात्रा मनाइँदै