तिब्बत सरकारद्वारा बागमती प्रदेशलाई १३ करोडको स्वास्थ्य सामग्री सहयोग

हेटौंडा/चीनको तिब्बत सरकारले बागमती प्रदेश सरकारलाई कोरोना महामारीको बेला ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । रसुवा जिल्लाको रसुवागढी नाकामा शनिबार अयोजित एक कार्यक्रमबीच उक्त्त सामग्री हस्तान्तरण गरिएको हो । बागमती प्रदेश लाई तिब्बत सरकारले भेन्टिलेटर १६ थान, कन्सेन्ट्रेटर १५ थान, सिरिञ्जपम्प १० थान, इन्फ्युजन पम्प १० थान, इलेक्ट्रो कार्डियोग्राफ ३ थान, मोनिटर प्यासेन्ट ६० थान, कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सिजन रिजर्ब भोयर ब्याग ५० थान, ब्लड ग्यास एनलाइजर १० थान, डेफिग्रीलेटर मोबाइल १० थान, अक्सिमिटर, पल्स २० थान, आईसीयु बेड ५० थान सहयोग प्राप्त भएको छ । त्यस्तै पीपीई १ हजार थान, केएन ९५ मास्क २ हजार थान, डिस्पोजेबल नाइट ट्रायल इक्जाम ग्लोबस् २ हजार थान, डिस्पोजेबल गोफेन्ट क्याप २ हजार थान, मेडिकल आइसोलेन बुट, सुकभर २ हजार थान गरी १३ करोड बराबरका सहयोग प्राप्त भएको हो । तिब्बतका तर्फबाट डेपुटी डिभिजन चिफ अफ द इन्टरनेसनल कोअपरेसन एण्ड एक्सचेञ्ज अफ एफ एओली हुवान र सोही डिपार्टका पेमा युजेनले प्रदेशका उपसचिव डा.अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका रसुवा जिल्ला प्रमुखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ । प्राप्त स्वास्थ्य सामग्रीहरु प्रदेशका अस्पतालमा आबश्यकताअनुसार पठाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री पौडेलको … Continue reading तिब्बत सरकारद्वारा बागमती प्रदेशलाई १३ करोडको स्वास्थ्य सामग्री सहयोग