हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डलाई क्वारेन्टाइन बनाइयो

हेटौंडा/हेटौंडा अस्पतालको आकस्मिक कक्षलाई क्वारेन्टाइन बनाइएको छ । शुक्रबार हेटौंडा ५ का एकजना कोरोना संक्रमित अस्पतालमा उपचार गराएकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुपर्ने भएको थियो । तर ति स्वास्थ्यकर्मीहरुलाई राख्ने क्वारेन्टाइन नहुदा अस्पतालको इमर्जेन्सी वार्डमनै क्वारेन्टाइन बनाएर संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई राखिएको छ । आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको क्वारेन्टाइन बनेपछि बिरामीको उपचारमा भने समस्या भएको छ । हेटौंडा अस्पतालमा आएका इमर्जेन्सी बिरामीलाई इमर्जेन्सी २ ज्वरो क्लिनिकमा सामान्य चेकजांच गरेर अन्यत्र रिफर गरिरहेको अस्पतालमा मेसु डाक्टर प्रविन श्रेष्ठले बताए । “संक्रमितको सम्पर्कमा आएका चिकित्सकलाई होटल क्वारेन्टाइनमा राख्नुपर्छ, सरकारको गाइडलाइनमै त्यहि छ, तर होटलहरुले मानेनन् श्रेष्ठले भने”, । आफुले प्रदेशको सामाजिक बिकास मन्त्रालयलाई धेरै पहल गर्दा पनि स्वास्थ्यकर्मीको बिषयमा चासो नदिएकाले आफुले आकस्मिक कक्षलाइ नै  क्वारेन्टाइन बनाएको उनले बताए । अहिले अस्पतालमा आएका इमर्जेन्सी बिरामीको उपचारमा समस्या भैरहेको छ भने आएका बिरामीलाई रिफर गरिदिने काम मात्र भैरहेको छ ।