त्रिविमा तोडफोड गर्ने नेविसंघका ७ कार्यकर्ता पक्राउ

टुडे संवादाता
२७ श्रावण २०७७, मंगलवार १४:४५

काठमाडौं/त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने नेविसंघका ७ कार्यकर्ता पक्राउ परेका छन् ।आज बिहान उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा नेविसंघका कार्यकर्ताले तोडफोड गरेका थिए ।

पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर रहेको प्रहरीले जनाएको छ । विश्वविद्यालयमा अनियमितता हुँदै आएको र आफ्ना माग समेत पूरा नभएको बताउदै उनीहरुले तोडफोड सुरु गरेका थिए । उनीहरुले परीक्षाको विकल्प समेत नदिएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*