सवारी दुर्घटना न्युनीकरणका लागि बागमती प्रदेश प्रहरीको झल्लर हटाउने अभियान

टुडे संवादाता
३२ श्रावण २०७७, आईतवार १७:३४

हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनीकरणको सवारी साधनमा राखिएका झल्लरहरु हटाइएको छ ।

सजावटको लागि सवारी साधनको अगाडीे सिसाछेउमा जडान गरीएका विभिन्न झल्लरहरुका कारण चालकले अगाडीको दृष्य राम्ररी नदेख्ने हुँदा दुर्घटनाको सम्भावना हुने हुँदा अनावश्यक रुपमा सवारी साधनमा जडान गरीएका झल्लरहरु हटाईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाईएको छ ।

झल्लरहरु हटाउने अभियान असार २ गतेबाट सूरु भएको हो । बागमती प्रदेश प्रहरी कार्यालयले ट्रक, टिपर, बस लगाएतका १८५० वटा झल्लर हटाईएको हो । उक्त झल्लर १५०२ वटा सवारी साधनमा राखीएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामा आगमन पश्चात सवारी दुर्घटना न्युनीकरणको लागि बार्षिक कार्ययोजना तयार गरी बिभिन्न कार्यक्रम र अभियान संचालन गरीरहेको बागमती प्रदेश प्रहरी हेटौंडाले जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*