आर्थिक प्रलोभनमा पर्ने २ जना प्रहरी निलम्बन 

हेटौंडा टुडे
३२ श्रावण २०७७, आईतवार २२:१३

 

सिन्धुली / आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने २ जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरीएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरुलाई निलम्बन गरेको हो । बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंग रकम लिएको भन्ने उजुरीको आधारमा उनिहरु प्रारम्भिक सोधपुछ गर्दा रकम लिएको भन्ने पृष्टी भएपछि थप छानबिनको लागि उनीहरुलाई निलम्बन गरीएको हो । निलम्बन पर्नेमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान बिर बहादुर प्रसाद यादव रहेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा निजहरु उपर थप छानबिन गर्न समिती गठन गरेको छ ।

आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरीएको छ । सेवाग्राहीसंग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षक सहित १३ जना प्रहरी कर्मचारी निलम्बित भैसकेका छन भने डियुटीमा ईमान्दारीता प्रर्दर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भैसकेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*