नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
१ भाद्र २०७७, सोमबार १६:४३

काठमाडौं/नेपालमा  पछिल्लो २४ घन्टामा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २४१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १७ हजार ४९५ उपचारपछि निको भएका छन्। हाल निको हुनेको अनुपात ६४ दशमलव २ प्रतिशत छ।

हाल १५ हजार १ सय ९८ जना क्वारेन्टाइनमा छन्। सोमबार ११ हजार ५ सय २० जनाको परीक्षण भएको छ। हाल ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन्। होम आइसोलेसन २ हजार ६ सय १ जना छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*