
काठमाडौं । एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाफल प्रमाणित गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । २०७६को परीक्षा दिन ४ लाख ८२ हजार भन्दा बढिले फाराम भरेका थिए। कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि सम्बन्धित विद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गरिएको हो।


सेयर गर्नुहोस्