हेटौंडा ६ गौरिटार आईसोलेसनमा तरुण दलबाट १५० कार्टुन पानी सहयोग

हेटौंडा टुडे
५ भाद्र २०७७, शुक्रबार १२:२८

हेटौंडा । नेपाल तरुण दल हेटौंडा ६ र १६ को संयुक्त आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल द्वारा सञ्चालित कोभिड १९ उपचार तथा व्यवस्थापन केन्द्र (आइशोलेसन वाड) लाई पिउने पानी सहयोग गरेको छ । बिहिबार दिनभर आइशोलेसन वार्डमा रहेका संक्रमितहरुले खानेपानी समेत पिउन नपाएको समाचारहरु बाहिर आएपछि तरुण दलले १ सय कार्टुन पिउने पानी शुक्रबार बिहान सहयोग गरेको हो । खानेपानीको अभाव भएको खबर पाएपश्चात तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीको पहलमा २० कार्टुन र नेपाली विद्यार्थी संघ हेटौंडा नगर समितिका सभापति दिपेन्द्र तिवारीले २२ काटुन पानी बिहिबार रातिनै आईशोलेशन वार्डमा पु¥याएका थिए । संक्रमतिहरुलाई खानेकुराको अभाभ हुन नदिन तरुण दल सदैव सहयोगको लागि तत्पर रहेको तरुण दल १६ नम्बर वडा अध्यक्ष नविन तिवारीले बताए । खानेपानीको मात्र होईन अन्य जुनसुकै समस्या आईपर्दा पनि तरुण दल सदैव सहयोगको लागि रहेको उनले बताए । कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले हतारमा आईशोलेसन वार्ड गौरिटारमा सार्न र समन्व राम्रोसंग नहुँदा समस्याहरु उत्पन्न भईरहेको बताए । समस्या समाधानको लागि हामी सबैजना लाग्छौँ, वडा अध्यक्ष चौलागाईले भने, ‘समस्या ढाकछोप गर्ने तर्फ नलाग्नुस ।’ संक्रमितहरुले राम्रोसंग उपचार पाउनुपर्छ । हेटौंडा ६, १५ र १६ नम्बर वडाको सीमानामा आईशोलेशन वार्ड रहेको छ, उनले भने यहाँ आईपर्ने समस्या हामी ३ वटै वडा मिलेर समाधानको लागि लागिपर्नेछौँ । त्यसैगरी १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोईरालाले वार्डको व्यवस्थापन पक्ष फितलो भएको बताए । विरामीहरुले समयमा तालिकाअनुसारको खानेकुरा खान पाउनुपर्छ । केही समस्या पर्दा हामीसंग समन्वय गर्नुस, हामी सहयोगको लागि तयार छौँ । त्यसैगरी नेपाल तरुण दल हेटौंडा नगर समितिको तर्फबाट पनि ५० काटुन पानी थप सहयोग भएको छ । नगर समितिका सदस्य ज्ञानु महर्जनले ५० काटुन पानी सहयोग गरेका हुन् । खानेपानी हस्तान्तरण गर्न नेपाल तरुण दल जिल्ला सचिव सचित थापा, ६ नम्बर वडा सदस्य राजकुमार बास्तोला, नेपाली कांग्रेस पूर्व जिल्ला सदस्य कृष्ण सापकोटा, पूर्व महासमिति सदस्य रामप्रसाद अधिकारी, तरुण दल ३ नम्बर क्षेत्रीय सदस्य इश्वर राना, नेपाल विद्यार्थी संघ जिल्ला सभापति राजु खतिवडा, नेविसंघ नगर सभापति दिपेन्द्र तिवारी, तरुण नेता सुमन गौतम, तरुण दल जिल्ला सदस्य अजय सापकोटा, तरुण दल ६ नम्बर वडा उपाध्यक्ष कमल कोईराला, सहयोगी मन नेपाल मकवानपुरका अध्यक्ष केदार चौलागाईलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*